चलचित्र संघ संग को निर्माता संघले सहकार्य तोड्यो |

Posted:-2015-06-29 00:00:00

१२ गते र २९ गते को  भूकम्पले अस्तव्यस्त बनेको चलचित्र बजार र त्यसपछी पनि असार र साउन जस्तो बर्खाको समयमा चलचित्र चलाउन पछी हट्ने निर्माताको पक्षमा रहेर चलचित्र संघ र निर्माता संघबीचको कार्यदलले ल्याएको ६० प्रतिशत शेयरको प्रस्ताब अन्तत:खेर गएको छ । चलचित्र संघ र निर्माता संघका पदाधिकारी रहेको कार्यदलले सिनेमा घरहरुकै छाता संगठन चलचित्र संघका अध्यक्ष नकिम उद्दीनले सहयोग नगरेका कारण कार्यदलले काम गर्न नसकेको र निर्मातालाई दिने भनिएको ६० प्रतिशत शेयरको प्रस्ताब लागु गर्न नसकिने भन्दै आइतवार राजिनामा दिएको हो । कार्यदलले राजिनामा दिए लगत्तै सोमबार चलचित्र निर्माता संघका महासचिब केशब भट्टराईले बिज्ञप्ति गरी गर्दै चलचित्र संघ संग निर्माता संघको सहकार्य टुटेको बताइएको छ । साथै मल्टिप्लेक्स र हिन्दि फिल्मका हिमायतीहरुको दादागिरीकै कारण उत्पन्न परिस्थितिको घोर बिरोध गरेको बिज्ञप्तिमा उल्लेख छ ।  यी दुइ चलचित्र सम्बन्धी सस्थाहरु बीचको समबन्धमा दरार उत्पन्न भएको छ । जसको कारण अरुदिन हरुमा  नेपाली चलचित्र र निर्माताका पक्षमा कुनै सहकार्य हुन कठिन देखिएको छ । बिज्ञप्ति यस्तो छ:film producer association release fb


यो पनि पढ्नुहोस्