धुनहरुको साथमा गायिका जशोधा

Posted:-2015-09-11 00:00:00


ताप्लेजुङमा जन्मेकि जशोधा सुब्बाले आफ्नो पहिलो एल्बम बजारमा ल्याएकि छिन् । आमा गगांमाया लिम्बु लिवाङ र पिता धनध्वज लिम्बु चोङवाङका जेठ्छिोरि जसोधा सुब्बा सानै देखिनै सगिंतमा रुचि राख्थिन, स्कुले जिबनमा बिभिन्न सागिंकि कार्यक्रमा सहभागि भई आफ्ना प्रतिभा प्रस्तुत गर्ने गर्ने गर्थिन ।Image title
२०५६ सालवाट धरानमा ओम प्रकाश राई सँग सगिंत सिकि आफुलाई निखारेकि सुब्बाले आफ्नो स्वर परिक्षणको लागि साथि गाएक आकाश राईको एल्बममा डोएट धरान सुनसरि बोलको गितमा आफ्नो आवाज दिएकि थिईन,सोहि गितले राम्रो चर्चा कमाए पछि जशोधा सुब्बा बाट गायिका जशोधा सुब्बा भईन ।
गायिका सुब्बाको पहिलोएक्कल एल्बम धुनहरु अनामनगर स्थित यूनियन हउसमा सगिंत क्षेत्रका धरोहर बरिष्ठ गायिका कुन्ति मोक्तान कोबिशेष आतिथ्यमा सुरु गरिएको थियो। कार्यक्रममा सगिंतकारहरु तारा प्रकाश लिम्बु,ओम प्रकाश राई,बिनोद खम्बु,कुमार श्रेष्ठ,गायक दिपक लिम्बुगितकार तुलसि बस्नेत लगाएत अन्य कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।Image title
एल्बमलाई रुबुसा क्रियटिभ वक्स्ले बजारमा ल्याएको हो एल्बम धुनहरु बरिष्ठ गायिका कुन्ति मोक्तान कोहातबाट बिमोचन गरियो, एल्बममा चार गित समाबेस गरिएकोछ ,चार गित मा दुई गितको भिडियो बनिसकेकोछ । कार्यक्रममा एल्बम को तिमिलाई आफ्नो भनि बोलको गितको भिडियो प्रस्तुत गरियको थियो,प्रस्तुत भिडियोलाई निर्देशक निकेश खड्का ले निर्देशन गरेका हुन ्भने नायक तथा मोडल निराजन थापा र मोडल अकेशा बिष्टको अभिनय राशि भण्डारिको कोरियोग्रफि र छायाङकन धिरज जङंशाहको रहेको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गायिका सुब्बाले श्रोता दर्शकहरुको राम्रै साथ र माया पाउने अपेक्ष्या गरेकि छिन्।

यो पनि पढ्नुहोस्