कालिका एफ.एमको वार्षिकोत्सवको पाँचौ कार्यक्रम ...

Posted:-2015-09-30 00:00:00

कालिका असोज ११ ।मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिले आफ्नो गौरवशाली १३ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको मैत्रिपूर्ण फुटवल प्रतियोगिताको उपाधी महिला अधिकारकर्मीले जितेका छन् ।

Image title


 पेनाल्टि सुटआउटमा २ शुन्य गोल अन्तरले टेलिभिजनमा कार्यरत पत्रकार महिला पराजित भएका हुन् । प्रथम हुने टोलीले १० हजार रुपैया र दोश्रो हुने टोलीले ५ हजार रुपैया पुरस्कार पाउनेछन् । पुरस्कार कालिका एफएमको वार्षिकोत्सवको अवसरमा आयोजीत कालिका म्युजिक अर्वाड समारोहमा प्रदान गरिने छ । महिला अधिकारकर्मीका लागी सविता लामा र कलावति पौडेलले गोल गर्नुभएको हो ।प्रतियोगीतामा टेलिभिजन पत्रकार टोलीकि सर्वाधिक गोलकता पुनम गौतम, महिला अधिकारकर्मी सविता लामा वेस्ट डिफेन्डको पुरस्कार जित्न सफल हुनुभयो । प्रतियोगीतामा एन्फाका रेफ्रि अरुणा गुरुङ प्रमुख रेफ्रि रहनुभएको प्रतियोगीतामा प्रकाश भुजेल, धु्रव भुषाल र सञ्जय कार्कि रेफ्रि रहनुभएको थियो ।मध्य क्षेत्र प्रहरी तालिम केन्द्रको मैदानमा भउको पहिलो खेलमा ब्यबसायायी महिलालाई पराजित गर्दै महिला अधिकार कर्मीको टोली फाईनलमा प्रबेश गरेको हो भने रेडियोमा कार्यरत पत्रकार महिलालाई हराउँदै टेलिभिजनमा कार्यरत पत्रकार महिलाको टोली फाईनलमा पुगेको हो ।त्यसअघि मध्य क्षेत्र प्रहरी तालिम केन्द्रका समादेशक एस.एस.पी रमेश खरेल फुटबल दिएर प्रतियोगीताको उद्घाटन गर्नुभएको थियो । उद्घाटनशत्र कालिका एफएमकी स्टेशन म्यानेजर रिना गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । यो प्रतियोगीतमा यसपटक नयाँ थप गरीएको हो ।यसअघि अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगीता, साहित्यीक सरोवर कार्यक्रम, भुकम्पसम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भईसकेको छ भने असोज १४ गते पञ्चै तथा सारङी बाजा प्रतियोगिता हुने छ । असोज १ गत्तेबाट देवघाटको वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर कार्यक्रमको सुरुवात गरिएको हो ।

यो पनि पढ्नुहोस्