सामाजीक सहकार्य एक नमुना उदाहरण

Posted:-2015-12-17 00:00:00

सामाजीक सहकार्य एक नमुना उदाहरण...फेसबुक बाट भनाइ जस्ता को तेस्तै ....
लाग्छ भगवान सववै पिडामा परेकाहरु सामु पुग्न नसक्ने हुदा मन्जु खांडको आबिह्कार गर्नुभयो

Image title


उहा संग परिचय भएको खासै धेरै समय भएको छैन तर अत्यन्तै गहिरो सम्बन्ध अटुट माया बसेको छ उहा संग साहाराको घरको । सायद प्राय आउदा नानुहरुलाई मिठा मिठा खानेकुराका साथमा केही न केही खुसी लिएर आउने भएर होला क्यारे नानुहरु मन्जु दिदी भनेपछि हुरुक्कै हुन्छन त्यसैले सामाजीक काममा अत्यन्तै व्यस्त रहने मन्जु खांडलाई अतिकति फुर्सदको समय मिल्नासाथ साहाराको घर आउन करै लाग्छ । 
अस्ती आउनु भएको थियो नानुहरुलाई मिठा खानेकुरा र केही मनकारी हरुको साथमा आउदा उहाले नानुहरुलाई जाडो छल्ने न्यायो सिरक को अभाव रहेको चाल पाउनु भएछ र भोली पल्ट तुरुन्तै नानुहरुका लागी न्यायो पाच थान सिरक बोकेर आईपुग्नु भयो । उहा आउदा नानुहरु स्कुल थिए स्कुलबाट फर्किना साथ देखेर असाध्यै खुसी भए । 
प्राय म उहाको फेसबुक हेरीरहेकी हुन्छु कहिले हिसांमा परेका लाई उद्धार कहिले भुकम्प पिडितलाई राहत त कहिले बेसाहारालाई सहयोग यस्तै गतिबिधि हरु गरीरहेको देख्दा लाग्छ भगवानको अर्को रुप नै मन्जु खाड हो भगवान सवै पिडा मा परेका हरुको सामु जान नसक्ने भएकालृे मन्जु खाडको आबिस्कार गर्नु भएको हो । 
आफै कठिन सामाजीक यात्रामा होमीनु भएको छ कति सहयोगी हात हरुको आवश्यक होलान र पनी दिल खुलाएर सहयोग गर्न पछि पर्नु हुन्न हजुरको कार्य सामाजीक सहकार्य एक नमुना उदाहरण हो । 
नानुहरुलाई यस्तो खुसी दिने हजुरलाई भगवाले सधै खुसी र साथ दिनुभएको होस हजुरको सामाजीक यात्राले सफल्ताको मन्जील चुमोस । हजुरको साथ बिना साहाराको घर अधुरो छ यस्तै न्यानो साथ सधै दिईरहनु है 
साहाराको घर परिवार 
२०७२।०९।०२


यो पनि पढ्नुहोस्