नगरपरिषदको पुर्व सन्ध्यामा आज यहाँ स्थित कार्यालयमा बालभेला कार्यक्रममा सम्पन्न....

Posted:-2015-12-19 00:00:00

रत्ननगर नगरपालिकामा रहेको नगरपरिषदको पुर्व सन्ध्यामा आज यहाँ स्थित कार्यालयमा बालभेला कार्यक्रममा सम्पन्न गरेको छ। नगरपालिकाको २० औं नगरपरिषद एवंम आर्थिक वर्ष २०७३,७४ वार्षिक योजना तर्जुमाका लागि भन्दै आज यहाँ बाल भेला आयोजना गरिएको हो।

Image title


 बालमैत्रि नगर बनाउन पुरा गर्नुपर्ने ३९ वटा सुचकहरुलाई वार्षिक योजनामा समावेश गर्न वालवालिकाहरुले जोड दिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बताए। साथै,उन्ले विषेश गरी सवै वालवालिकाहरुले पढ्न पाउनु पर्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिएका थिए। वालवालिकाहरुले स्कुल जाने बाटो मर्मत गर्नु पर्ने, सिटी सेन्टर स्थापना गर्नु पर्ने, शेनेटरी प्याडको प्रयोगका लागि उचित व्यवस्थापन हुनु पर्ने पनि वताएका थिए ।त्यस्तै,उनीहरुले नगरमा वाल शौचालयको व्यवस्था गर्नु पर्ने, चेतनामुलक कार्यक्रमको आयोजना गरी भेदभाव हटाउनु पर्ने आवाज उठाएका थिए ।वालवालिकाहरुले उठाएका विषयहरुलाई आगामी नगरपरिषदमा समावेश गरिने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेलले वताए । वाल भेला नगर स्तरीय वाल सञ्जालका अध्यक्ष अनुप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ...

यो पनि पढ्नुहोस्