बैदेशिक रोजगार र त्यसमा स्वयम् नेपालिले निम्त्याउने दुखद घटना....

Posted:-2016-05-03 00:00:00

बैदेशिक रोजगार र त्यसमा स्वयम् नेपालिले निम्त्याउने दुखद घटना हिजो आज अथवा आज भोलि दैनिक जसो हजारौ हजार नेपालि युवाहरु बैदेशिनु एउटा पर्बनै बन्न पुगेको छ । र नबनोस पनि कसरि देशमा पर्याप्त स्रोत साधन नहुनु ,अस्त, ब्यस्त र भ्रष्ट राजनितिका कारण हरेक नेपालि युवाको गन्तब्य बन्न पुगेको छ बिदेश । दैनिक न्युनतम पारिश्रमिक रु ७०० देखि काम गरिरहेका हुन्छन प्राय नेपालि युवाहरु बिदेशि भुमिमा ।

Image title


 त्यो न्युनतम आयका बाबजुद पनि बर्षौ बर्ष सुख दु:ख नभनि निरन्तर श्रम गर्न विवश छन् नेपालि युवाहरु र यो हाम्रो नियतिनै बन्न पुगेको छ । सुख दुख जेजस्तो पर्छ सहिरहन्छन नेपालि । तर पनि हामि प्राय जसो सुन्छौ कि बिदेशमा एक नेपालि को मृत्यु तर यहाँ यस्तो समचार हरेक जसो आउने गर्छ हामि सहनशिल नेपालि सहन्छौ र भुल्छौ पनि तर कहिल्यै केलाइदैन कि कारण के हो ? अवश्य पनि यसमा सबै भन्दा ठुलो समस्या हामि आफै निम्त्याउछौ । दैनिक १२-१४ घण्टाको काम त्यो पनि ४५-५० डिग्रिको गर्मिमा बाहेक त्यस्तो न्युन पारिश्रमिकमा अशिमित आवश्यकता अनि निम्तिने त्यो तनाब त्यसपछि हामिले जानेको औसधि मधपान र धुम्रपान सेवन अनि भोको पेट गर्मि मौसम र जाड रक्सिको सेवन अनि बन्छन दैनिक जसो यस्तै समाचार हरु । बाहेक हामि बिर नेपालि पुर्खाले हामिलाई सिकायको कसै संग पनि नझुक्नु त्यहि कारण हामिले जो कोहि संग पनि बल देखाई हाल्छौ र फलत: जित सधै हाम्रो हुदैन अनि हारमा पाउछौ आफ्नै मृत्यु । तसर्थ यस्ता हर्कतका कारण हामिनै निम्त्याउछौ दुर्घटना ।उज्यालो एक्सप्रेस का लागि दुबई बाट बसन्त तिवारी

यो पनि पढ्नुहोस्