जिल्ला प्रशासन कार्याल चितवनमै बिचौलीया गर्नेहरु पक्राउ.....

Posted:-2016-05-27 00:00:00

चितवन जिल्ला प्रहरीले सरकारी निकायमा बिचौलीया गर्नेहरु विरुद्ध कडा निगरानी गर्न थालेको छ जसका कारण भटाभट बिचौलीयाहरु पक्राउ पर्न थालेका छन् ।
Image title
चितवन जिल्लाको प्रमुख कार्यालय जिल्ला प्रशासन कार्याल चितवनमै बिचौलीया गर्नेहरु लाई प्रहरीले पक्राउ गरेको छ । आज प्रहरीले तीन जना बिचौलीयाहरुलाई पक्राउ गरेको पक्राउ पर्नेहरुमा भरतपुर उपमहानगरपालिका–८ का ४३ वर्षीय कृष्ण वि.क भरतपुर उपमहानगरपालिका–१२ का ३६ वर्षीय अनिल क्षेत्रीय, र भरतपुर उपमहानगरपालिका–१२ की ३२ वर्षीया गोमा थपलिया रहेका छन् । 

Image title


जिल्ला प्रशासन कार्यालयमा नागरिकता र पासपोर्ट बनाउन आएका सर्वसाधरण मानिसहरुलाई जिल्ला प्रशासन फाँटको मान्छेसंग मेरो राम्रो चिनजान रहेको छ भन्दै बढि पैसा असुल्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध आजै केही सार्वजनिक अपराध र सजायँ ऐन २०२७ अन्तरगत मुद्धा दर्तागरि आवश्यक प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी चितवनले जनाएको छ ।

यो पनि पढ्नुहोस्