राहत बाड्दै गाँउ गाँउमा पुगे चलचित्र निर्दैशक खाँड...

Posted:-2016-07-17 00:00:00

राहत बाड्दै गाँउ÷गाँउमा पुगे चलचित्र निर्दैशक खाँड


deepak khanad 1चलचित्र निर्माता एवम् निर्देशक दिपक खाँडले गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १० का भुकम्प पिडितलाई राहत वितरण गरेका छन् । पालुङटारको डुम्रीचौरमा रहेको दलित बस्ती पुगेका खाँडले करिब एक लाख रुपैयाँ बराबर राहत सामग्री वितरण गरेका हुन् । राहत पाएसंगै डुम्री चौरकी कविता परियारले आफूहरुले पहिलो पटक राहत पाएको बताईन् । भूकम्प आएपछि रेडक्रसले वितरण गरेको केही चामल बाहेक आफूहरुले अन्य कुनै पनि राहत सामग्री नपाएको परियाले बताइन् ।
deepak khand rahatरेडक्रसले १० किलोको दरले चामल वितरण गरेको पाँच परिवारलाई एउटाका दरले त्रिपाल प्रदान गर्नु बाहेक बिहीबार अगाडिसम्म कुनै पनि राहत सामग्री नपाएको परियाले बताइन् । गोरखाको क्षेत्र नम्बर २ मा पर्ने उक्त क्षेत्रमा राहत सामग्री दैनिक जाने भएपनि दलित बस्तीका बासिन्दालाई राहत नदिने गरेको स्थानीयको गुनासो थियो । राहत लिन बोलाउँछन्, गएर लाइन बस्दा हाम्रो पालो आउने बेलामा राहत सकिन्छ’ परियारले भनिन्, –‘तिमीहरुलाई पछि राहत दिम्ला भन्दै राहत नै नदिइ कुराउँथे ।’
deepak khand rahat1पालुङटारको राहत वितरणमा चितवनका सुनचाँदी व्यवसायी आकाश बरालीको समेत आर्थिक सहयोग रहेको निर्देशक खाँडले बताएका छन् । खाँडले बिहीबार चामल, दाल, नुन, तेल, चिनी, साबुन, त्रिपाल, तन्ना र म्याटलगायतका राहतका सामग्री वितरण गरेका थिए । इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट गएको प्रहरी टोलीले राहत वितरणमा सहयोग गरेको थियो । वैशाख १२ गते आएको भूकम्पबाट उक्त गाउँका ४७ घरमा क्षति पुगेका थिए भने १० घर पूर्ण रुपमा क्षति भएको बताइएको छ । गाँउमा पहिलोपटक राहत लिएर आएको भन्द स्थानियहरुले निर्दैशक खाँडलाई फुलमाला सहित सम्मान गरेका थिए । यसअघि पनि गोरखा, धादिङ, नुवाकोट लगाएतका जिल्लामा निर्दैशक खाँडले राहत वितरण गरीसकेका छन् ।

यो पनि पढ्नुहोस्