लोडसेडिंग भए को बेला आयो नेपाली चलचित्र ‘बिजुली मेसिन’

Posted:-2016-07-17 00:00:00

अनौठो नाम बोकेको नेपाली चलचित्र ‘बिजुली मेसिन’ भदौ ३१ माके आवाजबाट बिजुली निकाल्न सम्भव छ ? सम्भव छ केबल फिल्ममा । पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा नयाँ नयाँ कथा र पात्र लिएर फिल्म बनाउने क्रम बढ्दो छ ।

Image title


 यस्तै एउटा नयाँ विषय लिएर तयार भइरहेको फिल्म हो “बिजुली मेसिन”।प्लस टु पढ्ने दुई विद्यार्थीको आवाजबाट बिजुली निकाल्ने प्रयासलाई ‘बिजुली मेसिन’ नाम दिएर नविन अवालले फिल्म निर्देशन गरेका हुन् । निर्देशक अवालले भन्छन् ‘बिजुली मेसिन विज्ञान पढ्ने विद्यार्थीको कथा मात्रै होइन ।यो त देशलाई केही नयाँ दिउँ भन्ने सम्पूर्ण युवा पुस्ताको कथा हो।’ आवाजबाट बिजुली निकाल्ने फिल्म ‘बिजुली मेसिन’ आगामी भदौ ३१ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।युनिभर्सल नेपालको ब्यानरमा संजीवकुमार न्यौपाने, दिपेन बस्नेत र रिसभ आचार्यले निर्माण गरेको फिल्ममा अभिषेक सुवेदी ,राजेश हमाल ,लक्ष्मी भूषाल,रेलिजा श्रेष्ठ, जीवन अधिकारी र बुद्धि तामाङ लगायतका अन्य कलाकारको भूमिका फिल्ममा रहेको छ ।

यो पनि पढ्नुहोस्