युएई मा एक कामदार नेपालीको सालिक सुबेदी द्वारा उद्दार उद्दार...

Posted:-2017-02-07 00:00:00

यु ए ई मा एक कामदार नेपालीको उद्दार समाज सेवी सालिक सुबेदी द्वारा उद्दार गरिएको छ I

Image title

                                     समाज सेवी सालिक सुबेदी (एक कारेक्रम बीच बोल्दै)

 धेरै दिन देखि यु ए ई को एक कम्पनि को साहु बाट एक नेपालि लाइ निकैनै अन्याय अत्याचार साथै खान न दिने पिट्ने अनेकौ आरोप लगाउने यहासम्म कि तेरो जीवननै बर्बाद गर्दिन्छु भन्ने तलाई तेरो नेपाल तेरो घर जान दिन्न भनेर अनेकौ मानशिक तनाव दिने गरेको जानकारी नेपालबाट समाजसेवी तथा सामुदाईक प्रहरीका सल्लाहकार दिपक खाण्ड र वहाँका घर परिवारले समाज सेवी सालिक सुबेदी ज्युलाइ जानकारी दिए पछि वरिष्ठ समाज सेवी सालिक सुबेदी ज्युले तुरुन्त पिडितकोमा गइ सबै खबर लिइ वहा धेरै दिन देखि खाना नखाई बस्नु भएको देखेर खाना खुवाई केहि पैसा खर्च गर्न कालागि पिडित लाइ दिनु भएको र कुनै किसिम टेन्सन न लिइ बस्न का लागि आस्वाशन दिनुभएको छ I 

Image title

                         समाज सेवी सालिक सुबेदी (एक कारेक्रम बीच)

 म पूर्ण रुपमा सहयोग गर्नेछु र परि आयो भने सहकुशल आफ्नो घर फर्कनका लागि पनि सहयोग गर्नेछु भनि बचन वरिष्ठ समाजसेवी सालिक ज्युले पिडित पक्ष लाइ दिनुभएको पीडितका परिवारले उज्यालो एक्सप्रेसलाइ जानकारी दिएका छन् I

Image title

                 समाज सेवी सालिक सुबेदी नेफ्टा सम्मान लिदै ...

 स्मरण रहोस यस अघि पनि सालिक सुबेदी ज्युले धेरै नेपालिहरुको उद्दार गर्नु को साथै नेपालको इतिहासमा पहिलो पटक यु ए ई मा नेफ्टा अवार्ड गरि सबैको उधारणीय र सम्पूर्ण कलाकारहरुको मन जित्न सफल भएका थिए I उज्यालो एक्सप्रेसका लागि प्रशंसा ठटालको रिपोर्ट ....

यो पनि पढ्नुहोस्