अवैध लागूऔषध सहित पक्राउ....

Posted:-2017-02-27 00:00:00

काठमाडौं, १६ फागुन
मकवानपुर ः गढि–३ बस्ने ४० बर्षीय केशब दुलाललाई उनकै घरमा २ वटा प्लाष्टिकको बट्टामा लुकाई राखेको अवस्थामा करीव आधा केजी गाँजा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

Image title


पर्सा ः बीरगंज उपमहानगरपालिका–२० बहुअरी बस्ने १७ बर्षीय बिजय पटेल लगायत ४ जनालाई लागूऔषध चरेश २ केजी सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । बीरगंज उपमहानगरपालिका–२० स्थित बहुअरी चोकमा प्रहरीले चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त चरेश फेला परेको थियो ।
घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्