द मङोलेन हर्ट चलचित्र बाट उठेको रकम समाज सेवामा ...

Posted:-2017-07-02 00:00:00

राजु लामाको निग्रानीमा प्रदर्शन हुन लागेको द मङोलेन हर्ट फिल्म यही साउन को १३ गते बाट प्रदर्शनमा आउने भएकोछ । यस फिल्ममा धिरन शाक्य, सुशिल पोख्रेल, आर्यन लामा, प्रतिक्षा खड्का, आकाश लामा, आजय खड्का, सुरज राज आदी कलाकारहरुको अभीनय रहेको निर्माण पक्षले जानकारी गराएका छन । 

Image title


राजु लामा को निर्माणमा बनेको यस चलचित्र लाई आर्यल लामाले निर्देशन गरेका हुन यस फिल्मको मुख्य उदेश्य भनेको जाती गत परिवर्तन हो जुन हाम्रो समाजमा आज भोली जाती गत भेद भावले गर्दा नराम्रो विकृती फैलिएको छ । यस फिल्म मा हामीले एक मोङोलिएन र बाहुन बिचको प्रेम कथा देखाएर समाज लाई केहि चेतना दिन खोजेका छौ राजु लामा ले उज्यलोएक्स्प्रेस लाई भन्नु भयो ।

Image title


समाज परिवर्तन को उदेश्य लिएर बनेको हुँदा यस चलचित्र लाई हेर्न दर्शकाहरु चलचित्र हेर्न आउनेमा ढुक्क हुनु को साथै यस चलचित्र लाई दर्शकवृन्द हरुले निकै मन पराउने आशा अनि बिस्वाश निर्माण पक्षले लिएका छन ।यस फिल्म लाई यही अषार २० गते च्यारेटी शो ॐ क्यु एफ एक्स हलमा गरिदै छ यस बाट उठेको रकम मामा भान्ज आश्रम लाई दिईनेछ र यस चलचित्रको च्यारेटि शो गर्नुको मुख्य उदेश्य नै मामा भन्जा आश्रमलाई सहयो गर्नु नै हो । समाजिक परिवर्तन र सामाजिक सेवा को भावनाले निर्माण गरिएको यस चलचित्र लाई दर्शक हरुले एकदम मन पराइदिनुको साथै यस चलचित्रले आफ्नो लगानी उठाउन सफलहोस हाम्रो उज्यलो एक्स्प्रेसको तर्फबाट अग्रीम शुभकामना । उज्यलो एक्स्प्रेसका लागी श्रीष्टी ओलि को एक रिपोर्ट ।

यो पनि पढ्नुहोस्