दोश्रो बिश्व सम्मेलन सफलताको शुभकामना...

Posted:-2017-10-03 00:00:00

बिश्वभरी छरिएर रहेका स्याङ्जालिहरुलाई गोलबद्द गरि एउटै उदेश्यका साथ अगाडि बढ्ने योजनाको साथ सम्पन्न हुन लागेको स्याङ्जा सहयोग समाजको दोश्रो बिश्व सम्मेलनको सफलताको शुभकामना ।

Image title


विभिन्न देशमा छरिएर रहेका स्याङ्जालिहरुलाई एकैठाउमा समेट्ने उदेश्यका साथ चालिएको यस अभियानले हाल सम्म आईपुग्दा केही हदसम्म समेट्न सफल भएको छ । कतारमा रहेको स्याङ्जा सहयोग समाजलाई बिश्वब्यापी बनाउन युएईबाट सुरुभएको अभियानले सार्थकता पाएको छ । यश अभियानले अब हामी जुन देशमा रहे पनि हाम्रो जिल्लालाई जोड्ने छ । स्याङ्जा सहयोग समाज युएईका सस्थापक अध्यक्ष चन्द्रबहादुर रोकाहा ज्युले समाल्नु भएको यो नेतृत्व अब को दोस्रो सम्मेलन पछी सकिदैन छ । पुनः नेतृत्व लिनु होला वा नयाँ नेतृत्व आउला जे जसो भए पनि अब बन्ने कार्यसमितिलाई सफल कार्यकालको शुभकामना । नयाँ बन्ने कार्यसमितिले केही निम्नलिखित कुरामा ध्यान दिन जरुरी देखिन्छ । 
1. स्याङ्जा सहयोग समाजको webside तयार गर्ने र विभिन्न देशमा रहेका संगठनको लेखाजोखा राख्ने 
2. हरेक देशमा रहेका सदस्यहरुको सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउने जस्ले गर्दा बिदेशमा रहने स्याङ्जालि हरुको संख्या थाहा हुन्छ 
3. अधिबेशनमा सम्पूर्णको उपस्थित हुन नसक्ने हुदा अधिबेशनमा सहभागीहुन प्रतिनिधि मुलन बनाउने ।
4. स्याङ्जामा विभिन्न बिकासका अवासरहरुको बारेमा बिदेशमा रहेका स्याङ्जालि लाई जानकारी गराउने जस्ले गर्दा स्याङ्जामा केही लगानी भित्रीयोस ।

यो पनि पढ्नुहोस्