नेपालमा लगानी भित्राउन तयार रहेको प्रवासि...

Posted:-2017-10-08 00:00:00

अश्विन २१, रत्ननगर । 
नेपालमा लगानीको राम्रो वातावरण भए आफुहरु नेपालमा लगानी भित्राउन तयार रहेको प्रवासिएका नेपालीहरुले वताएका छन् । युथ भिजन ईन्भेस्मन्ट कम्पनी प्रा.ली ले शुक्रवार चितवनमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो जोड दिएका हुन् । गैंर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रिय सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोडका मानार्थ जनप्रतिनिधि सोम सापकोटाले विदेशमा रहेका नेपालीहरुले नेपालको पर्यटन, शिक्षा तथा समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै आफुह्ररु सधै नेपालमा लागानी गर्न आतुर रहेको उल्लेख गरे । नेपाल लगानीको उर्भर भुमि रहेको वताउदै प्रवासिएका युवाहरुलाई नेपालमा फर्कने वातावरण सृजना गर्न आवश्यक रहेको उनको भनाई थियो । 
Image title

कार्यक्रममा सहभागी रत्ननगर नगरपालीकाका प्रमुख नारायण वनले रत्ननगरको समग्र आर्थीक सम्वृद्धिको लागी ठोस निति सहित आफुहरु अगाडी बढेको वताए । कृषि क्षेत्रमा लाग्न चाहने युवाहरुको लागी हामी सहयोग गछौं, उनले थपे– कृषि, पोल्टी लगएतका क्षेत्रमा युवाहरु समुह बनेर आएमा हामी सहयोग गर्न तयार छौं ।

Image title


 रत्ननगर क्षेत्रमा काम गर्न चाहने युवाहरुलाई नगरपालीकाले सहयोग गर्ने वताउदै सवै युवाहरुलाई लगानी गर्न समेत आग्रह गरे 
चितवन उघोग संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले चितवनलाई औंधोगीक हव बनाउन २ हजार विगाहा क्षेत्रफलमा जज्गा खोजीसकिएको वताउदै उनले आर्थीक संकलनमा जुट्न आग्रह गरे । 
Image title                                                                          सोम सापकोटा

कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संग चितवनका उपाध्यक्ष भेषराज दवाडीले नेपालमा आएका पर्यटलाई चितवनसम्म तान्न र उनिहरुको बसाई लम्वाउ आवश्यक रहेको औंलाए । 

Image title


पर्यटकिय क्षेत्रमा चितवनको महत्व धेरै रहेको वताउदै उनले त्यसको लागी होटल व्यावसायीको भुमिका पनि महत्वपुर्ण रहने बताए । ६१ लाखभन्दा बढी युवाहरु देशवाहिर रहेको वताउदै प्रवासिएका युवाहरुलाई स्वदेश फर्काई उद्यमी बनाउनुपर्नै उनको थियो । 


यो पनि पढ्नुहोस्