श्रीमानले पैसा हैन ‘सौता’ पठाए

Posted:-2017-10-08 00:00:00

कास्की :  वैदेशिक रोजगारमा मलेसिया गएका भरत पोखरीका एक पुरुषले पैसा हैन त्यतै बिहे गररे अर्की श्रीमती पठाएका छन्। पैसा कमाउन मलेसिया गएका कास्की भरतपोखरीका दिपक सुनारले पैसा होइन अर्की बिहे गरेर पठाएपछि उनकी जेठी श्रीमती विष्णु सुनार छाँगाबाट खसे जस्तै भइन्।

sketch_of_lovely_ladies_for_the_sketch_book_by_hpmatt-d4p6z1e

‘जानुअघि नआत्तिनु आमा र छोरा छोरीको राम्रो ध्यान दिनु, म पैसा पठाइराख्छु भनेर गतवर्ष मलेसिया गएका श्रीमानले १ वर्षपछि सौता पठाए ‘विष्णुले गहभरी आँशु पार्दै भनिन्। ७ वर्षदेखि वैदेशिक रोजगारमा रहेका दिपक गतवर्ष बाबु बितेकाले काजक्रिया गर्न घर आएका थिए।

दिपकले कम्पनीमा आफूसँगै काम गर्ने बर्माकी कुमारी काफ्लेलाई विहे गरेको उनले बताइन्। बिष्णुका अनुसार काफ्ले गर्भवती भएपछि श्रीमानले नेपाल पठाएका हुन्। विष्णु र दिपकका १० वर्षका छोरा र ७ वर्षकी छोरी छन्।

‘उहाँले मलेसियाबाट फोन गरेर उसलाई एयरपोर्टमै लिन जाउ भन्नुभएको थियो, तर, म लिन जान्न जहाँसुकै पठाउ भनेपछि आमाजु कुमारीलाई लिन जानुभएछ’ विष्णुले भनिन्।

आमाजूले कुमारीलाई आफ्नो घर हेम्जामा १५ दिन राखेपछि विष्णुको घर भरतपोखरी पुर्‍याइदिएकी थिइन्। ‘भाइले विहे गरेकी यी पनि बुहारीनै हुन् अब मिलेर बस भन्दै अमाजुले तीनलाई घरै छोडेर जानुभयो’ विष्णुले भनिन्। दिपकले कुमारीलाई राम्रोसँग घरमै राख्नु भन्दै विष्णुलाई फोन समेत गरेका थिए। आफू एक वर्षपछि आउने भन्दै कुमारीको स्वास्थ्यमा ध्यान दिनु भनेको दिपककी जेठी श्रीमती बिष्णुले बताइन्।

२ महिनाकी गर्भवती रहेकी कुमारीको नेपाल आएको २ हप्तापछि गर्भ खेर गएको विष्णुको भनाई छ। ‘खै किन र कसरी गयो थाहा भएन। तर श्रीमानले कुमारीलाई फोन गरेर तैँले फालिस् होला’ भनेर गाली गरेको सुनेको विष्णुले बताइन्।

दिपकले आफूलाई विहे गरेको छैन भनेर ढाँटेको भन्दै कुमारी बेला बेला झगडा गर्ने गरेको विष्णु बताउँछिन्। २०६१ सालमा दिपकसँग विवाह गरेकी विष्णुको घरमा आर्थिक अवस्था कमजोर छ। बिष्णुका अनुसार उनले पैसा पनि आफूलाई नपठाइ दिदीलाई पठाउने गर्छन्। अर्की विहे गर्दापनि परिवारले दिपकको साथ दिँदै आएको गुनासो बिष्णुको छ।

आर्थिकरुपमा आफू कमजोर भएकाले छोरा छोरीको भविष्य हेरेर श्रीमानकोविरुद्ध जान नसकेको उनले बताइन्। ‘उहाँ नआएसम्म म केहि गर्न सक्दिन, कुमारी घरमै बसे पनि म केहि भन्दिन किनकी दोष मेरै श्रीमानको हो। विहे गरेको छैन भनेर उसलाई पनि ढाट्नुभो र गर्भवती बनाएर घर पठाउनु भो’ बिष्णु भन्छिन्।

‘म कुमारी विना बाँच्न सक्दिन तर तँ मरे पनि बाँचे पनि मलाई मतलव छैन भनेर श्रीमानले पटक पटक भनेको बिष्णुले सुनाइन्।’ छोराछोरी कै लागि उहाँको यातना सहनुको विकल्प छैन। श्रीमान आएपछि नै बाँकी निर्णय गर्ने योजना बिष्णुले बनाएकी छिन् ।

-महिला खबरबाट

यो पनि पढ्नुहोस्