चलचित्र "कृ"को पर्दा फाश .....

Posted:-2018-02-17 00:00:00

नेपाली चलचित्र क्षेत्रमा अहिले सबैभन्दा धेरै मनपराइएको नाम हो– ना य क अनमोल केसी । यिनै अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ देशभरका करिब १ सय हलहरु भन्दाअ बढीमा प्रदर्शन भैरहेको छ । गत शुक्रबार रिलिज भएको यस चलचित्रले प्रदर्शनको छैठौं दिनसम्म झण्डै ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको निर्माण टिमले जनाएको छ । 

Image title


चलचित्रले ५ करोड भन्दा बढी ग्रस कलेक्शन गर्दा आफ्नो हातमा २ करोड ४० लाख पर्ने निर्माता सुवास गिरीले बताएका छन् ।
यस्तै, चलचित्रको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेको सुवासको भनाई छ । यसरि, हेर्दा चलचित्रले हालसम्म ३ करोड ७० लाख रुपैयाँ निर्माताको हातमा सुरक्षित गरिसकेको छ । चलचित्रको बजेट साढे ३ करोड माथिको बताइएको छ ।
निर्माता भुवन केसीले चलचित्रमा महंगो रकम लगानी भएपनि राम्रो चलचित्र बनाउँदा दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास ‘कृ’ले दिएको बताए । उनले, आफूहरुको प्रतिस्पर्धा नेपाली चलचित्रसँग नभई हिन्दी चलचित्रसँग भएको बताए ।
चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले आफूहरुको मिहिनेत सफल भएको र आफु अत्यन्त खुशी भएको बताए । केहि नकारात्मक टिप्पणी आफूहरुले सुनेपनि दर्शकले चलचित्र मन पराएको उनको भनाई छ ।

नायिका वुढाथोकीले पहिलो चलचित्रबाट नै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् ।

चलचित्रमा अनमोल र अदितीको अलवा अनुप सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी विक्रम शाही, कामेश्वर चौरासिया, लगायतका कलाकारले अभीनय गरेका छन् ।


यो पनि पढ्नुहोस्