मोनोलाइट अवार्ड २०२० भब्यरुपमा सम्पन्न ...

Posted:-2020-02-15 00:00:00

धुलिखेल, माघ । यहि हफ्ता सनिबारको दिन मोनोलाइट कम्पनीले हाम्रो मोनोलाइट राम्रो मोनोलाइट भन्ने मूल नाराका साथ २०१४ सालबाट मोनोलाईटका सामान बिक्री गर्दै आई रहेका व्यवसायी ब्यापारीहरु लाई मोनोलाइट कम्पनीले शनिबार पर्यटकीय नगरी क्षेत्र धुलिखेलको मिरावल होटलमा मोनोलाईट सेलर मिट २०२० तथा मोनोलाइट अवार्ड कार्यक्रमको आयोजना गरी व्यवसायीहरुलाई सम्मानका साथै आफ्नो सबैभन्दा बडि मोनोलाइटका सामान बिक्री गर्ने सर्वोत्कृष्ठ ११ जना व्यवसायीलाई वेष्ट सेलर अवार्ड २०२० प्रदान गरेको थियो।

Image title

कम्पनीले प्रदान गरेको अवार्डबाट सम्मानित हुनेहरुमा काठमाण्डौंका गजेन्द्र खड्का, जय विष्ट, केशव खड्का, विरगञ्जका कृष्ण पटेल र साकीर हुसेन, नारायणटारका मिलन बस्नेत, निरञ्जन लामिछाने, अच्युतम तिमल्सिना,

Image title


 दिपेन्द्र राज भण्डारी र धादिङका नानीराम श्रेष्ठ गरी १० जनालाई वेष्ट सेलर अवार्ड प्रदान गरिएको थियो भने विरगञ्जका सन्तोष सराफले मोनोलाइट सर्पोट अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

Image title

मनोज पोद्दार ज्युले अतिथिहरुको स्वागत गर्नु भएको थियो भने कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्याल प्रमुख आतिथि हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिको रुपमा मोनोलाईटका मेनिजिङ डाईरेक्टर पवन सरिया चलचित्र निर्माता निर्देशक सामुदायिक प्रहरी काठमाडौका सल्लाहकार दीपक खाँड आदि रहनु भएको थियो । 

Image title

कार्यक्रममा चलचित्र निर्माता निर्देशक दीपक खाँड को निर्देशनमा बनेको कलाकार रुखशना खातुन र बिबेकले अभिनय गरेको मोनोलाइट को बिज्ञापन रिलिज गरिएको थियो भने सो बिज्ञापन लाई सबै ले धेरै नै मनपराएका थिए ।

Image title


 कार्यक्रममा विशिष्ठ अतिथिमा आउनु भएका चलचित्र निर्माता निर्देशक तथा कष्ठमण्डप टेलिभिजनका बोर्ड ओफ डिरेक्टोर दीपक खाँडले मोनोलाइका सामानहरुको बारेमा सबै सामु खुलेर तारिफ गरेका थिए 

Image title


 भने मोनोलाइट एक्दिन नेपालको न १ बन्नसफल हुनेछ भन्ने भनाई राख्नु भएको थियो । प्रमुख अतिथी पौडेल ले पनि यस कम्पनीले हाल सम्म गुणस्तरीय विद्युतीय सामानको उत्पादन ,आयात तथा बिक्रि वितरण गर्दै आइरहेको छ आगामी दिनहरुमा पनि यसरी नै गुणस्तरलाई पहिलो प्राथमिकता दिएर व्यवसाय गर्नुपर्ने भनाई राख्नु भयो । 

Image title

कार्यक्रममा डि आइ डि का नरेश वीर सिङको डान्स प्रस्तुती रहेको थियो भने डि आइ डि नरेश र कलाकार रुखशना लाई टोकन अफ लभ द्वारा सम्मान गरिएको थियो

Image title


त्यस्तै गरेर समाज सेवा चलचित्र क्षेत्र र संचार क्षेत्रमा रहेर पनि ब्यापार ब्यवसायमा टेवा पुराउदै आउनु भएका चलाचित्र निर्माता निर्देशक समाजसेवी दीपक खाँड लाई मोनोलाइट सम्मान बाट सम्मान गरिएको थियो ।

Image title


 कार्यक्रम संगीत मोरर्काको सभापतित्वोमा सम्पन्न भएको थियो भने बिकाश पोद्दार र सम्झना खतिवडाले कार्यक्रम सन्चालन गरेका थिए । 

यो पनि पढ्नुहोस्