चितवन प्रहरी एस पि मल्लले रवि लामिछानेलाई भोली नै पक्राउ गर्छौ

Posted:-2019-08-14 00:00:00

काठमाडौं,साउन २९-

चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४का टेलिभिजन प्रस्तोता रवि लामिछाने विरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित पोखरा बसपार्कमा कङ्गारु होटलमा गत २० गते मृत्यु अवस्थामा फेला परेपछि अनुसन्धान थालेको थियो भने प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि चितवन प्रहरीमाथि तीव्र दबाब आई रहेको अवस्थामा एसपी दान बहादुर मल्लले यस्तो बताएका हुन् । 

Image title



पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन्। 

Image title


पत्रकार शालिकराम पुडासैनीको सार्वजनिक गरिएको भिडियोमा पत्रकार पुडासैनीले भिडियोमा रवि, युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा रुदै भनेका छन्। एसपी मल्लले असार २० देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटिरहेको बताएका छन्।

यो पनि पढ्नुहोस्