स्कुल आईडोल 2019 समर्पण घिमिरे लाई...

Posted:-2019-09-03 00:00:00

रत्न नगर कलामन्दिरको प्रस्तुतीमा स्कुल आईडोल 2019 कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा चलचित्र निर्माता निर्देशक तथा समाज सेवि दीपक खाँड लाई Grand Judge ( महान निर्णयक )को रुपमा आयोजकहरुले बोलाएका थिए ।

Image title


कार्यक्रममा जब खाँडको आगमन भएको थियो उहाँलाई सबै दर्शक,अभिभावक,आयोजक,अतिथिहरुले उठेर सम्मान गरेका गरेका थिए । यस स्कुल आईडोलमा २४ जना बिद्यार्थीहरु फाइनलमा पुग्न सफल भएका थिए ।

Image title


कार्यक्रममा प्रमुख अतिथी निर्देश सेडाइ रहनु भएको थियो भने कार्यक्रम सयोजक दीपक सिङ जजमा शिव बि क, सुनिल रिमाल,धनु थापा मगर , सलिना श्रेष्ठ , र दीपक खड्का रहनुभएको थियो ।

Image title


टप टेन बाट प्रथम समर्पण घिमिरे भएका थिए भने दोस्रो अमिसा गुरुङ र तेस्रो स्मिता बरुवाल भएका छन । प्रथम भएका समर्पण घिमिरेले 50"हजार नगद पुरस्कार सहित पुरस्कृत भएका थिए भने पहिलो दोस्रो र तेस्रो हुने बिध्यार्थीहरु लाई grand judge र प्रमुख अतिथिले पुरस्कार दिनु भएको थियो ।

Image title


यस कार्यक्रममा समाज सेवि चलचित्र निर्माता निर्देशक सामुदयिक प्रहरीका सल्लाहकार दीपक खाँड लाई आयोजकले grand judge को उपाधि दिदै सम्मान पनि गरेका थिए । यस कार्यक्रम लाई राजन लामाले सन्चालन गरेका थिए भने कार्यक्रमको शभापतिमा राम रिमाल रहनु भएको थियो ।

Image title


यो कार्यक्रम चिवनकै ठूलो कार्यक्रम भएको र तीन हजार दर्शक र अभिभावकहरुको उपस्थिती रहेको आयोजकले जानकारी गराएका छन ।


यो पनि पढ्नुहोस्