मृतकको पार्थिव शरीरलाई हेलिकप्टरबाट सम्मानका साथ चितवन हुँदै रोल्पा लाने तयारी

Posted:-2019-09-10 00:00:00

काठमाण्डौ भदौ २४ अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार भएको बम बिस्फोटमा परि चितवनका एक युवाको मृत्यु भएको थियो ।

null

विस्फोटमा चितवनका कृष्ण थापा सहित दुई नेपालीको ज्यान गएको थियो । कृष्ण थापा तैनाथ रहेकै पोष्ट नजिक बिस्फोट भएपछि उनको तत्कालै मृत्यु भएको थियो भने अर्का नेपाली रोल्पाका चन्द्र पुन भने अफ ड्युटीमा रहेका थिए ।

null

बिस्फोटपछि कभर दिन जाँदा आतंकवादीको गोली लागेको थियो।’घटनामा कम्तीमा नेपाली सहित स्थानीय गरी १६ जनाको ज्यान गएको थियो भने ११९ जना घाइते भएका थिए ।

null

भरतपुर माहानगर पालिका २१ पर्वती पुर कालिका चोक का कृष्ण थापा रोल्पाको को चन्द्रबहादुर पुन मगरको अफगानिस्थान बाट काठमाडौ पार्थिव शरीर आइपुगेको छ ।

null

मृतकको पार्थिव शरीरलाई नेपाल आर्मिको हेलिकप्टरबाट सम्मानका साथ चितवन हुँदै रोल्पा जाने तयारी भईरहेको समाजसेवी सावित्री अधिकारीले जानकारी दिनु भएको छ । मिलन सिंह को एक रिपोर्ट

यो पनि पढ्नुहोस्